
काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ द्वारा नेता कार्यकर्ताहरुलाई एमाले नेतृत्वको सरकारले गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ ।
विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोप्रति निन्दा एंव भ्रत्सना गरेको छ ।
सरकारद्वारा शान्तिपुर्णरुपमा हुन लागेको आन्तरिक सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई गिरफ्तार गरेर फासिवादी चरित्र प्रस्तुत गरेको बताइएको छ ।
बैद्यले कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा गरिएको ज्यादतीको बिरोध गर्दै सरकारद्वारा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको लागि सरकारसंग जोडदार माग गरेको छ ।
रिहाइको माग गर्दै भोलि फागुन ८ गते नेपाल बन्द आव्हान गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्