Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँको न्युरोडमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा विस्तार

अर्थ सरोकार

मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.२२ न्यूरोड, देव प्लाजामा नयाँ शाखा विस्तार गरेको छ । आइतबार (फागुन १३ गते) नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावलले उक्त शाखाको समुद्घाटन गरे । 
उक्त समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले स्वागत मन्तव्यसहित बैंकको अवस्था र भावी योजनाको बारेमा मन्तव्य राखे । आफ्नो मन्तव्यको क्रममा उनले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई आभार व्यक्त गरे । सोही अवसरमा उनले यस विकास बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि डा. तिलक बहादुर रावलले बैंकिङ्ग क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ्ग र वित्तीय क्षेत्रको योगदानको चर्चा गनुगरे । वित्तीय बजारमा देखिने उतार चढावलाई व्यवस्थापन गर्दै संस्थामा पारदर्शिता र जवाफदेहीतालाई अन्यन्तै महत्वका साथ लागु गर्नु पर्नेमा जोड दिए । उनले मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल राम्रो भएकोले अझै अगाडि बढ्न शुभकामना दिए ।
समुद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरे ।
न्युरोड शाखासहित अब काठमाडौँ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यकाबाहिर ६५ वटा शाखा गरी मुक्तिनाथ विकास बैंकको शाखा संख्या ७४ पुगेको छ । बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK