
रौतहट – रौतहटको बृन्द्धावन नगरपालिकाको केन्द्र सार्ने बिषयमा विवाद हुँदा गोली चलेको छ। बिश्रामपुरमा रहेको नगरपालिकाको कार्यालयको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै वाम गठबन्धन पक्षले बिरोध गरेपछि बिश्रामपुरमा गोली चलेको थियो।
स्थानीयले कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। सशस्त्र प्रहरीले १७ र नेपाल प्रहरीले ४ राउण्ड गरी २१ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो।
तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिएका छन्। अहिले बिश्रामपुर क्षेत्र तनाव ग्रस्त रहेको छ।
नगरपालिकाको कार्यालय विश्रामपुरबाट साबिक सबै गाबिसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयले बैठक अवरोध पार्न खोजेपछि झडप सुरु भएकोे स्थानीय प्रमोद यादवले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्