
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नागबेली लघुवित्त विकास बैंकले १००% हकप्रद जारी गर्ने भएको छ । बैंकले १:१ अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यमा सात लाख ६६ हजार चार सय ६३ दशमलव १५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर सात करोड ६६ लाख ४६ हजार तीन सय १५ रुपैयाँ बराबर रहेको छ ।
यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । बैंकले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको छ ।
हकप्रद निष्काशनपछि बैंकको चुक्तापुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको गत मंसिर २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्