
- अर्थ सरोकार सम्बाददाता
नुवाकोट- नुवाकोटमा नक्कली नोटको बिगबिगी बढेको छ । यतिसम्मकि जिल्ला प्रशासन कार्यालयमै नक्कली नोट फेला परेको छ । जिल्ला प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो । नोट राहदानी बनाउन आउनेले ल्याएको शंकामा अनुसन्धान थालिएको छ तर कसले त्यसरी नक्कली नोट ल्यायो भन्ने अझै एकिन भएको छैन ।
यसो त यसरी अनुसन्धान गरेर नक्कली नोट कसले ल्यायो भन्ने भन्न सकिने अवस्था पनि रहँदैन । उक्त ५ सयको नोट राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली भएको पुष्टि भएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले जानकारी दिए ।
नक्कली नोटको नंं ग (४६) ०३६८६० रहेको छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्