
काठमाडौं – फागुन ३ गते एनसीसी बैंकको ७० लाख कित्ता संस्थापक सेयर लिलामीमा भर्ने अन्तिम म्याद रहेको छ । आवेदकले बिहीबार कार्यालय समयभित्र लिलामीमा आवेदन दिसक्नु पर्नेछ । बैंकले माघ १८ गतेदेखि संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो । सेयरको न्यूनतम मूल्य भने २१० रुपैयाँ तोकिएको छ । आवेदकले यही २१० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामीमा इच्छुक व्यक्ति र कम्पनी दुवैले आवेदन दिन सक्नेछन् ।
आवेदकले बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौं पुग्ने गरी आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । एनबी समूहले नै सेयर बिक्री गर्न लागेकाले संस्थापकतर्फको भारी सेयर बजारमा आएको हो । बोलपत्र फागुन ६ गते बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर, डिल्लीबजार काठमाडौंमा बिहान १० बजे खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्