
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले देशभर रहेका एनसेलका दर्जनौ टावरमा आगो लगाई दिएको छ । कर तिर्न अानाकानी गरेको भन्दै पार्टीले एनसेलको टावरमा अागजनी गरेका हुन् । गए राति पार्टीले कर तिर्ने प्रतिवद्धता एनसेलले पूरा नगरेको भन्दै उक्त कार्य गरेका हुन् ।
सोमबार राति काठमाडौंका दुई, भत्तपुरमा एउटा, ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको टावर, धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडास्थित रहेको टावर, डँडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, चितवनको सौराहमा बछेनस्थित टावरमा अागजनी गरिएको हो ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका २ चपौली , मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, कंचनपुरको बेदकोट र शुक्लाफाँटा टावर, कैलालीको टिकापुर र जानकीनगर टावर, सुर्खेतको तिनवटा टावर र जाजरकोटमा दुईवटा टावरमा पनि तोडफोड र आगजनी गरेको छ ।
सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडा तथा रोल्पाको माडी गाउँपालिका वडा नं. ६ को मेनैस्थित एनसिएलको टावरमा समेत आक्रमण गर्दा टावर ध्वस्त भएको छ ।
मकवानपुर जिल्लाको मनहरीस्थित एनसेल टावर र बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैया बाजारस्थित एनसेल टावर ध्वस्त गरिएको छ ।
एकिकृत जनजागरण अभियान चलाएको नेकपाले जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरहरुमा अागजनी गरेको हो ।
एक वर्ष पहिले पनि नेकपाले चेतावनी स्वरुप केही टावरहरुमा अागजनी गरेको थियो । त्यस पछि नेकपाको केन्द्रीय टोलीसित एनसेल प्रतिनिधि टोलीले भेट गरी आर्थिक वर्ष ०७३-०७४ भित्र सम्पूर्ण कर तिर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।
एनसेलमाथिको अागजनीको विषयमा नेकपाले अाधिकारीक धारणा सार्वजनिक त गरेको छैन । अाफ्नो पार्टीसँग गरेको प्रतिवद्धता अनुसार कर नतिरे बाँकी टावर पनि ध्वस्त पार्ने नेकपाले चेतावनी दिएको छ ।
सर्वोच्च अदालतले हालै लाभांश विदेश लैजान नरोक्ने भन्दै गरेको फैसलापछि सर्वसाधारण अाक्रोसित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्