
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेको इन्सुरेन्सको खुद नाफा ५८.९४% ले वृद्धि गरेर ११ करोड ६५ लाख रुपैयाँमा खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन पनि २४.३३% ले बढेर ४७ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा खुद बिमा शुल्क ३८ करोड ५९ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीले १८ करोड ७१ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ ।
दोस्रो त्रैमासमा ७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी भएको इन्सुरेन्सको गत आवको सोही अवधिमा ३२ करोड ४० लाख रुपैयाँ मात्र रहेको थियो । यस्तै, जगेडा कोषमा २५ करोड ९३ लाख रुपैयाँ रहेको छ भने बिमा कोषमा ३४ करोड २६ लाख रुपैयाँ रहेको छ । नेकोको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्