
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – घोराही सिमेन्ट उद्योगमाथि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उसैको भाषामा ‘कारवाही’ गरेको छ । दाङमा रहेको उक्त उद्योगमाथि कारबाही गरिएको नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी ‘विक्रम’ ले पुष्टी गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले सिमेन्ट उद्योगलाई ‘कारवाही’ गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार उद्योग प्रभावित जनतासँग गरिएका पुराना सम्झौता कार्यान्वयन नगरी वातावरणीय स्वच्छता र मानवीय स्वास्थ्यलाई प्रतिकूल हुने गरी त्यसमा पनि जनतालाई झुक्याएर आफ्नो दोब्बर उत्पादन बढाउन जडान गर्न लागिएको प्लान्ट स्थापना बन्द लेखिएको कालो ब्यानर टाँगेको बताएका छन् । वातावरणीय प्रदूषणलाई नियन्त्रण गरी प्रदूषणरहित वातावरण बनाउन पहल गर्नुको साटो उल्टै विभिन्न निकायसँग मिलोमतो गरेर अहिले उत्पादन भइरहेको भन्दा दोब्बर उत्पादन गर्न गैरकानुनी ढङ्गले प्लान्ट उद्योग प्रभावित जनताको आग्रहमा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उद्योगले जनतालाई निकै दुख दिएको पार्टीको ठहर छ । उद्योग क्षेत्रवरिपरि बसोबास गर्ने जनतासँग गरिएका सहमतिहरु कार्यान्वयन नगरिएको, सिमेन्ट उद्योगका कारण हजारौं जनताको स्वास्थ्य दिनप्रतिदिन रोगबाट ग्रसित भैइरहेको, कृषि उत्पादनमा कमि भएको, कतिपय जग्गामा जाने सिचाइ कुलोसमेत बन्द भएकोलगायतका विभिन्न समस्याहरु तुरुन्त हल गर्न सचेत गराएको छ अन्यथा सम्पूर्ण उद्योग नै बन्द गर्ने आन्दोलनको नेतृत्व गर्न आफ्नो पार्टी बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा जनाएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्