×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्षक नै भक्षक भए पछि…. गैंडाको खागसहित नेपाली सेनाका दुई जना पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : २८ माघ २०७४, आईतवार

PRIME CA

रक्षक नै भक्षक भए पछि…. गैंडाको खागसहित नेपाली सेनाका दुई जना पक्राउ

काठमाडौँ  – प्रहरीले गैंडाको खागसहित नेपाली सेनाका दुई जनासहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौँको लैनचौरमा गैंडाको दुई थान खाग लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले नेपाली सेनामा कार्यरत गोरखा सिरानचोक गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका ९ का २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो । उनीहरुसँगै प्रहरीले गोरखा सिरानचोक २ का ३८ वर्षीय डिलबहादुर ढकाललाई पनि पक्राउ गरेको छ ।
हरिबहादुर र कृष्णबहादुरले नेपाली सेनाको परिचयपत्र देखाएपछि उनीहरुलाई कारबाहीका लागि जंगी अड्डामा पठाएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए । प्रहरीले डिलबहादुरलाई भने कारबाहीका लागि आइतबार जिल्ला वन कार्यालयमा बुझाएको छ । उनीहरुबाट बरामद खाग एटा ११८० ग्राम छ भने अर्को ६४० ग्रामको रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: