
नेपाल बैक लिमिटेडले कपिलवस्तु जिल्ला स्थित कृष्णनगर भन्सार कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको राजस्व संकलन सेवा उपलव्ध हुने बैकको १० औँ काउन्टरको समुद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले दीप प्रज्वलन गरी समुद्घाटन गरे ।
सो अवसरमा प्रमुख अतिथि साहले भन्सार परिसरमा बैकको काउन्टर स्थापनाबाट स्थानीय व्यापारी र भन्सार कार्यालय दुबैलाई सहज सेवा उपलव्ध भई दुवै पक्ष लाभान्वित हुने बताउँदै आगामी दिनमा यस क्षेत्रमा व्यापार अभिवृध्दि निम्ति अन्तराष्ट्रिय ड्राई पोर्टको शिघ्र निर्माणमा आफुले जोडदार पहल गर्ने बताए । नेपाल बैक लिमिटेड कृष्णनगर शाखाका प्रवन्धक सुरेन्द्र प्रसाद यादवको सभापतित्वमा सम्पन्न उक्त समारोहमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष गुरुचरण सिंह, इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुवास गैरे, नेवैलि खस्यौली शाखाका प्रवन्धक हरि प्रसाद ज्ञवाली, नेवैलि कृष्णनगर शाखाका सहायक प्रवन्धकद्वय कुलराज घिमिरे र झविन्द्र अधिकारी लगायतले शुभकामना तथा बैक सेवाबारे मन्तव्य दिएका थिए ।
नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर रहेको यस बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । बैकले चालु आर्थिक वर्षको प्रथम अर्ध वर्षमा रु १ अर्ब ६३ करोड ८५ लाख खुद मुनाफा आर्जन गरेको छ । एक परिपक्व स्थीर वित्तिय संस्थाको रुपमा आठ दशक यता अविच्छिन्न रुपमा देशको वित्तिय सेवामा संलग्न यस बैकले हाल आफ्ना ग्राहकवर्गलाई मोवाईल बैकिंग, कार्ड, आस्वा, डिम्याट, आईपिएस, इन्टरनेट बैकिंग, युटिलिटि विल पेमेन्ट, लकर सुविधा लगायतका आधुनिक बैकिंग सेवाहरु उपलव्ध गराउँदै आएको छ ।
बैक परिसरबाट वाहिर निस्कने हरेक ग्राहकको मुहारमा प्रशन्नता झल्किने किसिमको सेवा प्रवाह गर्ने उद्धेश्यले बैकले स्मार्ट ब्रान्चको अवधारणा कार्यान्वयनमा ल्याउंदैछ । प्रथम चरणमा २५ शाखाबाट आरम्भ गरिने स्मार्ट ब्रान्च सेवा क्रमिक रुपमा बैकका सबै शाखा र कार्यालयमा विस्तार गर्दै लगिने बैंकले जनाएको छ । मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३४ शाखा १० एक्सटेन्सन काउन्टर र ५३ वटा एटिएम आउटलेट मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पुर्याईरहेको यस बैकले थप २५ स्थानमा छिटै शाखाहरु स्थापना गर्दैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्