
काठमाडौं – नेपाल मै पहिलो पटक हुन लागेको सिइओ समिट तथा अवार्डमा सहभागी हुन नेपाल बाहिरबाट उत्साहजनक आवेदन आएको छ । बिजनेश प्लस टेलिभिजन र सिईओ क्लवको संयुक्त आयोजनामा हुन लागेको सिइओ समिट तथा अवार्डमा सहभागी हुन नेपाल बाहिरका देशबाट अनलाईन मार्फत अहिले उत्साहजनक आवेदनहरु आईरहेको आयोजकले जनाएको छ ।
आगामी मार्च १४ अर्थात फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रममा सहभागी हुन अहिले भारत, चिन, बंग्लादेश, पाकिस्तान लगायत सार्क र एसियाका अन्य देशबाट पनि अनलाईन मार्फत धेरै सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको आवेदन आईरहेको र यस्ले आयोजक थप उत्साहि बनाएको बिजनेश प्लस टेलिभिजनका कार्यकारी निर्देशक डम्बर शाहुले जनाएका छन् ।
नेपालमा पहिलो पटक आयोजना गरिएको समिटमा १७ देशका झण्डै ३ सय जना सिइओ तथा विजनेश लिडरहरुलाई सहभागी हुन पाउने छन् । समिटमा बिभिन्न ६ वटा फरक फरक बिधामा अवार्ड समेत प्रदान हुनेछ । हाल अवार्डका लागी आएका आवेदनमा जुरी कमिटी द्धारा छलफल तथा रिसर्च कार्य भईरहेको जनाईएको छ । समिट सहभागी हुन चाहने विभिन्न कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुले http://nepalceosummit.com/ participation / र मा गई अनलाईन सहभागीता आवेदन फर्म भर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्