
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले फाल्गुन ८ गतेको लागि आह्वान गरेको नेपाल बन्दप्रति माओवादी केन्द्र केन्द्रीय महाधिवेशन आयोजक समूहले समर्थन गरेको छ ।
पार्टी निकट युवा संगठनको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले नेपाल बन्दको आह्वान गरेको छ । महाधिवेशन आयोजक समितिका संयोजक गोपाल किरातीले विराटनगर घटना देशभक्त–वामपन्थी शक्तिमाथिको राज्य आतंक भएको बताउँदै त्यसको विरोध गरेका छन् ।
“कुनैपनि देशभक्त र वामपन्थी शक्तिविरुद्धको राज्य आतंकको नजर अन्दाज गर्न सकिदैन । विराटनगर घटना वामपन्थी शक्तिमाथिकै आक्रमण हो । यसको विरोधमा नेकपाले आयोजना गरेको भोलि (मंगलबार) आयोजना गरेको नेपाल बन्दप्रति हाम्रो एक्येवद्धता छ ।
शान्तिपूर्ण कार्यक्रममाथि केपी ओली नेतृत्वको सरकारले हस्तक्षेप गर्नु राज्यआतंक भएको बताउँदै किरातीले माओवादी केन्द्र केन्द्रीय महाधिवेशन समूहकासम्पूर्ण नेता–कार्यकतालाई नेपाल बन्द सफल पार्न आह्वान समेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्