
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ङादी ग्रुप पावर कम्पनीले ३ करोड ९४ लाख ३६ हजार ९६३ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३.६८% ले धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ८० लाख ३४ हजार ३३६ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । ङादीको सञ्चालन नाफा पनि ६ करोड ९८ लाख रुपैयाँबाट बढेर ७ करोड २९ लाख ४८ हजार २४५ रुपैयाँ पुगेको छ । त्यस्तै, बिजुली बिक्रीबाट हुने आम्दानी पनि ८.६३% ले बढेर ८ करोड ४७ लाख ४० हजार ७४४ रुपैयाँ पुगेको छ ।
गत वर्ष ङादीले बिजुली बिक्रीबाट ७ करोड ८० लाख ६ हजार ६७ रुपैयाँ आम्दानी गरेको थियो । ङादीले अन्य स्रोतबाट २ लाख १५ हजार ६९९ रुपैयाँ पनि आम्दानी गरेको छ । सेयर पुँजी ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँ रहेको ङादीको रिजर्भ कोषमा भने ४ करोड ६ लाख ६७ हजार ७९ रुपैयाँ छ । सेयर पुँजीलाई मात्रै आधार मानेर हेर्ने हो भने यो रिजर्भ निकै कम हो । त्यसकारण, कम्पनीलाई रिजर्भ कोष बढाउनुपर्ने चुनौती देखिन्छ । गत वर्ष ङादीको सेयर पुँजी ४८ करोड ६८ लाख ६८ हजार रुपैयाँ थियो । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको ङादीको प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ ५९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्