
एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) भएको छ । उक्त सम्बन्धमा मिति २०७४ साल कार्तिक २३ गते भएको सहमती पत्र बमोजिम दुवै कम्पनीको मिति २०७४ मंसिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारण सभाको निर्णय बमोजिम श्री कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७४ साल माघ ११ गते स्वीकृति प्राप्त भएको आधारमा आइतबारदेखि एनआईबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोवार सञ्चालन भएको छ ।
यो मर्जर पश्चात यस कम्पनीको चुक्ता पूंजी २७ करोड हुने र हालसम्मकै सवैभन्दा बढि चुक्ता पूंजी भएको धितो पत्र व्यवसायी (मर्चेन्ट बैंकर), १ लाख ४२ हजार भन्दा वढि हितग्राही खाता, ४ वटा शाखा कार्यालयहरु (थप ३ वटा खुल्ने क्रममा रहेको) र ३८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब १० लाख शेयरधनीहरुलाई सेवा प्रदान हुने भएकोले यस सहकार्य पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ व्यवसायमा सकारात्मक असर पर्नुको अतिरिक्त हालको सेवाहरु अझ सुदृढ र सशक्त रुपमा विस्तार गर्दै नेपाली बजारमा आफ्नो विशिष्ट पहिचान वनाउन सकिने विश्वास हामीले लिएका छौं ।
यस एकिकृत कारोवारलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपले सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ लि. लगायत नेपाल इन्भेष्टमेन्ट बैंक लि., एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. को सञ्चालक समिति तथा कर्मचारी बर्गहरुमा धन्यवाद व्यक्त गर्दछौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्