
* कतै नभएको सिस्टम र ‘हाइयार्की’ यहि बैंकमा छ । ग्राहक त बिरामी होइन थला पर्छन् यो बैंकको सिष्टमबाट । मेरा गाउँका मान्छेले त यस्ता सिष्टम बुझ्दैनन् । आफुलाई चित्त नबुझेको केहि कुरा सोध्यो कि ठाडो उत्तर आउँछ, ‘यो बैंकको सिष्टम हो ।’ मान्छेको पसीना नै छुट्ने खालको नियमवाला सिष्टम के हो मेरा गाउँका मान्छेले कसरी बुझ्छन् र !
* बैंकमा काम गर्ने बैंकर भएपनि कर्मचारीको काम गर्ने स्टाइल जुवा वा ढुकुटी खेलाउनेको जस्तो छ । यसो उसो गर्यो, काट्ने र तिर्ने बाहेक कुरै कम हुँदो रहेछ । कर्मचारीको व्यवहार त के भन्ने ! चोरलाई पुलिसले पनि अलिअलि सम्मान गर्छ होला, कर्मचारीले तनाव दिंदा रहेछन् ।
* राष्ट्र बैंकको सर्कुलरको मतलव नै छैन । मनलाग्दी छ । यो त सर्कुलरले यस्तो भन्छ नि होइन ? भनेर सोध्यो भने हाम्रो बैंकको नियम भन्ने उत्तर आउँदो रहेछ । नियम अनुसार चलेको हुन्छ बैंक भन्ने बुझेका मेरो गाउँका गाउँले त सराप्छन् हौ यस्तो गर्नेलाई त !
* बेलुका के तरकारी पकाउने भन्ने विषयमा समेत अरुलाई सोध्ने मेरा गाउँका गाउँलेले यो ग्राहकको फोन नै नउठाउने बैंकसँग के आस गर्ने ?
*१० रुपैयाँ बचाउन पाए के के न हुन्छ भनेर सोच्ने मेरो गरिव बस्तीका गाउँलेले यसरी साहुले अनेकथरी कुरा गरेर असुलेजसरी अनेक नाममा असुल्ने ब्याजलाई कसरी लिनु ? ब्याज १३ देखि १७ प्रतिशत त छंदै छ, केके थरी चार्जले त लिएको ऋणमा साहुलाई बुझाएजस्तै ब्याज तिर्नुपर्ने रहेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्