×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा ‘एग्रेसिभ’ हुँदै एनआईसी एशिया, थपिए यी दुइ शाखा

PRIME CA
GLOBAL IME BANK

शाखा विस्तारमा ‘एग्रेसिभ’ हुँदै एनआईसी एशिया, थपिए यी दुइ शाखा

२६ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ- एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरुको औपचारिक उद्घाटन भएको छ । जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशी, धादिङ्गमा शुक्रबर एक समारोहकाबीच औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न भयो ।

जयपृथ्वी नगरपालिकाका मेयर श्री बिरेन्द्र बहादुर खड्काज्यू बाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर श्री भिम प्रसाद ढुङ्गानाज्यू बाट धादिङ्गवेशी शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: