×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आपूर्ति विभागकै मिलेमतोमा नर्भिक अस्पतालको ठगीधन्दा, गैरकानुनी शुल्क असुली, अरु कर्तुत त कति हो कति !

अर्थ सरोकार

प्रकाशित मिति : २३ माघ २०७४, मंगलवार

PRIME CA

आपूर्ति विभागकै मिलेमतोमा नर्भिक अस्पतालको ठगीधन्दा, गैरकानुनी शुल्क असुली, अरु कर्तुत त कति हो कति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा खर्वापति बिनोध चौधरीको लगानीमा रहेको नर्भिक अन्तराष्ट्रिय अस्पतालले जनतालाइ व्यापक ठगी गर्ने गरेको पाइएको छ । अस्पतालले सेवा शुल्कका नाममा अतिरिक्त रकम उठाएर जनतालाई ठगी ठगी गरेको खुलासा भएको हो । एक पीडीत बिरामीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार अस्पतालले थप १३ प्रतिशत शुल्क जोडेर सेवा शुल्कका नाममा ठगी गरिरहेको छ ।
यसकारण गैरकानी अशुली !
नेपालको बिध्यमाक कानुन अनुसार ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन पाउने व्यवस्था छ । यद्यपी कतिपय भ्याटमा दर्ता भएका अस्पताललाई १३ % भ्याट उठाउने अधिकार पनि भ्याट ऐनले दिएको छ । तर अन्य कुनै पनि खाले शुल्क लिने व्यवस्था त कतै उल्लेख छैन । तर अस्पतालले सबचार्ज भन्दै गैरकानुनी रकम उठाईरहेको छ । भारतमा यस्तो शुल्क महँगा विद्यालयबाट उठाइने अभ्यास छ । तर जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयमा नर्भिकले यस्तो अत्याचार गरिरहेको छ । 

नाममात्रको अनुगमन, कारवाही सून्य 
यसो त यस विषयमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अस्पतालमा अनुगमनसमेत गरेको थियो । उक्त अशुली गलत र गैरकानुनी भएको भन्दै अस्पताल संचालकलाई स्पष्टीकरण समेत सोधिएको थियो । केहि समयपछी अस्पताल संचालकले यस्तो रकम लिन पाउने जिकिर गरेका थिए । त्यसपछि गैरकानुनी नै भए पनि उक्त असुलीका बारेमा कुनै पनि निकायले उनलाई कारवाही गरेन । बुझ्न गाह्रो छैन, ‘यहाँ नर्भिक र विभागका उच्च अधिकारीहरुबीच कुरा मिलिसकेको छ ।’ यसो त नर्भिककै उच्च तहका कर्मचारीहरुसमेत विभागसँग ‘कुरा मिलिसकेको’ र आफुले ‘खुल्लमखुला’ रुपमा लुट्न पाईरहेको बताउँछन् । 
अन्य कर्तुत पनि कति हो कति !
यस्तो त विभागसँग ‘कुरा मिलाएर’ खुल्लमखुला लुट गरिरहेको यो अस्पतालका अन्य कर्तुतहरु पनि थुप्रै छन् । अस्पतालले स्वीकृती लिएको भन्दा बढी बेड सञ्चालन गरेको छ । १ सय वटा बेड स्विकृती लिएको नर्भिक अस्पतालले १३० वटा बेड चलाइरहेको छ । तर उक्त अस्पताललाई कारवाही भएको छैन । विभागसँग मिलेमतो मै काम भएको आरोप लागेका अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले भने सेवा शुल्क लिन पाउनुपर्ने दाबी गरेका छन् । ‘हामीले अस्पताल सेवा शुल्क लिन पाउदैनौं भन्ने कुन कानुनमा उल्लेख छ ? ‘ उनले प्रतिप्रश्न गर्दै भने, ‘हामीले जे गरिरहेका छौं, त्यो सब जाहेज छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: