×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रम ओलीलाई माओवादीबाट बुझाए मन्त्री बन्नेहरुको नामावली, हेर्नुस् को के हुँदैछ ?

PRIME CA
GLOBAL IME BANK

प्रम ओलीलाई माओवादीबाट बुझाए मन्त्री बन्नेहरुको नामावली, हेर्नुस् को के हुँदैछ ?

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयबाट ३ बजेको समय लिइसकिएको छ ।
फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यही दिन एमालेबाट २ मन्त्रीलाई शपथ गराए पनि त्यसयता मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेका बेला ओलीले एमाले–माओवादीलाई समेटेर विस्तारको तयारी गरेका हुन् ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमाले र माओवादीकालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
मन्त्री छान्न दुवै पार्टीलाई सकस परिरहेका बेला माओवादी केन्द्रले भने टुंग्याएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान प्रधानमन्त्री अोलीलार्इ मन्त्रीको नाम बुझाएका छन् । स्रोतका अनुसार, बादललाई गृहमन्त्री बनाउन सिफारिस गर्दै बुझाइएको मन्त्रीको सूचीमा अरु क–कसको नाम छ भन्ने गोप्य राखिएको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ । यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए । तर उनलाई रोक्दै गृहमन्त्रालय हात पार्न बादल सफल भएका छन् ।
बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री थिए । बादलले गृहमन्त्रालय पाउने भएपछि वर्षमान पुनलाई अर्को शक्तिशाली मन्त्रालय दिने तयारी छ । तर कुन मन्त्रालय दिने भनेर अझै टुंगो लागेको छैन ।
वैद्य माओवादीमा रहँदा राजनीतिमा असफलजस्तै बनेका रामबहादुर थापा बादल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्केपछि भने उनले सिंगै पार्टी अघोषितरुपमा कब्जा गर्न सफल बनेका छन् ।
रामबहादुर थापा वादल तिनै नेता हुन्, जसलाई जनयुद्ध सुरु भएको केही वर्षपछि नै प्रचण्डले ‘लिन प्याओवादी नेता’ को उपमा दिएका थिए । ‘लिन प्याओ’ त्यस्ता चिनिया नेता थिए, जसले अध्यक्ष माओको प्रशंसा गर्दै उनको उत्तराधिकारी बनेर माओवादीलाई सिध्याउने असफल प्रयास गरेका थिए ।
प्रचण्डले एक समयमा ‘लिन प्याओवादी नेता’ को संज्ञा दिएका रामबहादुर थापा वादलले अहिले प्रचण्डको विरोध नगरिकन, उनलाई सुम्सुम्याएरै पार्टीभित्र आफ्नो वर्चश्व बलियो बनाएका छन् ।
माओवादी पार्टीमा आफ्नो बहुमत नभए पनि बादलले कूटिलतापूर्वक प्रचण्डको भन्दा बलियो उपस्थिति जनाइसकेका छन् । प्रदेश सरकारपछि अब केन्द्रमा प्रचण्डको भन्दा बहुमत हासिल गर्ने रणनीतिमा बादल समूह सक्रिय बनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: