×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओमको फागुन २५ मा एजीएम हुँदै, के-के प्रस्ताव पेस गर्दै ?

PRIME CA
GLOBAL IME BANK

ओमको फागुन २५ मा एजीएम हुँदै, के-के प्रस्ताव पेस गर्दै ?

४ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २५ गते ओम डेभलपमेन्ट बैंकको ११ औं वार्षिक साधारण सभा  हुने भएको छ । सभामा बैंकले १७.६९% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । तर कर तिर्न नगद लाभांश बैंकले नदिने भएको छ  । त्यसैले कर सेयरधनी आफैले व्यहोर्नुपर्नेछ । फागुन १३ गतेसम्म मात्र कायम सेयरधनीले बैंकले वितरण गर्ने बोनस पाउन सक्नेछन् । बैंकले आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समिति प्रतिवेदन र २०७४ असार मसान्त सम्मको वासलात तथा नाफा नोक्सान हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
साधारण सभा होटल माउण्ट कैलाश रिसोर्ट, लेकसाइड पोखरामा बिहान १० बजे सुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।संस्थापक सेयरधनी (समूह क) र सर्वसाधारण सेयरधनी (समूह ख) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३–३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि एजेन्डामा राखिएको छ । सभा प्रयोजनका लागि बैंकले फागुन १४ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: