
ओम डेभलपमेन्ट बैंक लि.ले दाङको लमहीमा शाखाको बिधिवत उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुल बहादुर के.सि.ज्यूले देउखुरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धि घोषणा गर्दै शाखाको समुद्घाटन गरे ।
शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गराउनु भएको थियो । बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ ।
बैंकले सेयरधनीहरुलाई १७.६९ प्रतिशत लाभांश लगायत बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको छ । बैंकको फाल्गुन २५ गते शुक्रबार, पोखरामा हुने बार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि उक्त बोनस सेयर बितरण हुनेछ ।
हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गर्नको लागी सम्भौता गरी कर्जा लगानी शुरु गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्