
काठमाडौं – ओप्पोले नेपाली बजारमा नयाँ एफ ५ सिरिजको ड्यासिङ ब्लू इडीसन नेपालमा सार्वजनिक गरेको छ । उक्त फोन लिमिटेड एडिसनमा सार्वजनिक गरिएको हो । कम्पनीले ओप्पोको एफ ५ सिरिजले राम्रो सफलता प्राप्त गरे पश्चात बोल्ड तथा क्लासिक ब्लू कलरको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
नयाँ एफफाइभ ड्याशिङ ब्लु इडीसनमा ६ इन्चको फुलएचडी डिस्प्ले रहेको छ । साथै यसको स्क्रिन १८/९ एस्पेक्ट रेसियोको रहेको छ । यसको माथि पट्टि २.५ डी कभर्ड ग्लास रहेको छ । साथै मिडियाटेकको अक्टाकोर प्रोसेसर रहेको यो डिभाइसमा एन्ड्रोइड ७.१.१ नोगातको अपरेटिङ सिस्टम रहेको छ । फोनमा ४ जीबी र ६ जीबीको र्याम तथा ३२ र ६४ जीबी इन्टरनल मेमोरी छ ।
यस फोनको मुख्य आकर्षण भनेको यसको क्यामेरा हो । एफफाइभ सिरिजको ड्याशिङ ब्लु इडीसनमा १६ एमपीको रियर तथा २० एमपीको फ्रन्ट फेसीङ क्यामेरा रहेको छ । यसमा सुन्दर सेल्फी लिनकालागि ब्युटिफिकेशन फिल्टर समावेश छ ।
यो नयाँ डिभाइसमा सुविधाको लागि फिंगरप्रिन्ट साथै फेसियल अनलक फिचर पनि राखिएको छ । साथै ३२०० एमएचको नन् रिमुभेवल ब्याट्री यो सेटमा प्याक भएको छ । यसको बजार मूल्य ३६ हजार ४ सय ९० राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्