
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्ने गरी सरकारले तयारी थालेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई प्रहरीले पक्राउ पुर्जी टाँस गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले माघ ५ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र काटेर पक्राउ गर्न भनेको छ । प्रहरी निरीक्षक केशवराज ज्ञवालीले हस्ताक्षर गरेको पत्रमा विप्लवलाई पक्राउ गरेर भोजपुर जिल्ला अदालत पठाउन भनिएको छ ।
विप्लवलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसूरमा गिरफ्तार गर्न भनिएको छ । पत्रमा सात दिनभित्र पक्राउ गर्न नसकिए वारेण्ट बदर नभएसम्म खोजतलास गरी पक्राउ गर्न भनिएको छ । प्राप्त जानकारी अनुसार भोजपुर जिल्ला अदालतको पुस ९ गते चलानी नम्बर ६४३ पत्रअनुसार विप्लवलाई सात दिनभित्र पक्राउ गर्ने पत्रमा भनिएको छ । भोजपुर जिल्ला अदालतले ७० दिने म्याद दिएर पक्राउ गरेर बुझाउन प्रहरीलाई अादेश दिएको थियो । उक्त म्याद सकिएको छ ।
नेपका महासचिव विप्लवका दाइ चन्द्रबहादुर चन्दको कपिलबस्तु शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्