Skip to content
LAXMI SUNRISE BANK

गाँजा खाएर हल्ला गर्ने २ बाबासहित ४१ जना पशुपति क्षेत्रबाट पक्राउ

अर्थ सरोकार

काठमाडौं – पशुपति क्षेत्रबाट २ बाबा र ३९ जना अन्य मान्छे पक्राउ परेका छन् ।  शिवरात्रीको बाहानामा गाँजा बिक्रि तथा गाँजा सेवनगरी हल्ला गर्नेलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुस एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
पक्राउ पर्नेमा गाँजा बेच्ने २ जना बाबा पनि छन्। ‘शिवरात्रीको बहानामा गाँजाको कारोबार गर्न मिल्दैन,’ एसएसपी पोखरेलले भने, ‘गाँजाको ब्यापार गर्नकै लागि पनि कतिपय बाबाहरू पशुपति क्षेत्रमा आएको हामीले पाएका छौ, त्यस्ता ब्यक्ति भेटेमा कानुनी कारबाही हुन्छ।’
उनका अनुसार पक्राउ परेका बाबासहित ३९ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK