
काठमाडाैं – नेपाल पत्रकार महासंघले पत्रकार, कर्मचारी र मजदुरहरुकाे तलब बृद्धिका लागि सिफारिश गर्न न्युनतम पारिश्रमिक निर्धारण समितिसमक्ष माग गरेकाे छ ।
महासंघकाे श्रमजीवी हित प्रवद्र्धन समितिले बढ्दो महङ्गीलगायतका कारणले जीवीकोपार्जनमा देखिएको कठिनतालाई समेत मध्यनजर गरी श्रमजीवी पत्रकार, कामदार, कर्मचारीहरुको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न समितिको ध्यानाकर्षण गरेको हाे ।
महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको प्रतिनिधिमण्डलले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई लिखित माग पत्र बुझाउदै २०७२ साल असारमा समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको न्यूनतम पारिश्रमिक अहिले समय सापेक्ष नदेखिएकाले यसलाई समयोचित बनाउन तत्काल पुनरावलोकन सिफारिस कार्यदल गठन गरी काम थाल्न अनुरोध गरेको छ ।
समितिका सह संयाेजक जन्मदेव जैसीले बुधबार एक बिज्ञप्ति जारी गरि यसरी पुनरावलोकन सिफारिस गर्दा तत्कालिन सुरेश आचार्य समितिले औल्याएको तहगत वर्गीकरणसहितको पुनरावलोकन गर्न, खेम भण्डारी समितिको प्रतिवेदनमा उल्लेखित तहगत वर्गीकरणमा परेका सबैको पारिश्रमिक न्यूनतम वृद्धिकै अनुपातमा वृद्धि, स्ट्न्जिरहरुको न्यायोचित व्यवस्थापन र हरेक महिना पूरा भएको पहिलो हप्ताभित्र बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको पारदर्शी व्यवस्था अनिवार्य गर्न ध्यानाकर्षण पनि गरिएको बताएका छन्।
बिज्ञप्तिमा यी माग यथाशीघ्र सम्बोधन नगरे दबाबमा उत्रन बाध्य हुने चेतावनी समितिले दिएको बताईएकाे छ । प्रतिनिधिमण्डलमा समितिका सहसंयोजक जैसीसहित सदस्यहरु यम विरही, टिकाराम प्रधान र टेकराज थामी सहभागी थिए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्