
काठमाडौँ – नब नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुनः शपथ लिन सल्लाह दिएका छन् । ओलीले आफ्नो शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह आग्रह गरेका छन् ।
‘प्रम केपि ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो,’ थापाले ट्वीट गर्दै लेखेका छन्,‘निश्चय नै यो नियतवश होईन, त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु ।’
बिहिबार दोस्रो कार्याकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष समेत रहेका ओलीले हिजो नै शितनिवासमा सपथ लिएका थिए । थापाले आफ्नो ट्वीटमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथमा सामान्य त्रुटि हुँदा दोहोर्याएर सपथ लिएको सन्दर्भ उल्लेख गरेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्