
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
निर्वाचन आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिनिधिसभा चुनावको अन्तिम नामावली बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले सपथ लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्