×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेबिसंघको प्रर्दशन उग्र बनेपछि पोखरामा ४ राउण्ड गोली चल्यो, अवस्था तनावग्रस्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेबिसंघको प्रर्दशन उग्र बनेपछि पोखरामा ४ राउण्ड गोली चल्यो, अवस्था तनावग्रस्त

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – बसको ठक्करबाट विद्यार्थी नेताको मृत्यु भएपछि मंगलबार पोखराकाे स्थिति झन् तनावग्रस्त बन्दै गएको छ । विद्यार्थीको प्रर्दशन रोक्न प्रहरीले ४ राउण्ड हवाई फयर समेत गरेको छ ।
सोमबार साँझ गाडीको ठक्करबाट विद्यार्थी नेता वोधराज ढकालको मृत्युपछि विरोधमा उत्रिएका नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच भएकाे झडपमा पत्रकार प्रकाश ढकाल सामान्य घाइते भएका छन् ।
प्रहरीले झडपमा उत्रिएका कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ भने प्रहरी र विद्यार्थीहरुबीचकाे झडप जारी नै रहेकाे छ ।
ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट नेविसं स्याङ्जा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति वोधराज ढकालको मृत्यु भएको थियो । ढकाललाई बाटोमा हिडिरहेका बेला नगरबसले पछाडीबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएको र त्यहाँ उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । मणिपाल अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको थियो ।
गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी