×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानीयले वडा कार्यालय घेराउ गर्दै अध्यक्षलाई दिए यस्तो चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्थानीयले वडा कार्यालय घेराउ गर्दै अध्यक्षलाई दिए यस्तो चेतावनी

Artha Sarokar

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – डेढ बर्ष अगाडि देखि खानेपानी र विद्युतको अभाव झेल्दै आएका पोले महानगरपालिका १४ का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् ।
सेतिदोबान नमुना टोलका करिब १३० घर परिबार बिगत डेढ बर्ष अगाडि देखि खानेपानी र विद्युतको अभावमा गुज्रिरहेका छन । त्यहाँको टोल सुधार समिति र सरोकारवालाहरुले स्थानीयको समस्या समाधानका लागि पटक पटकको वडा कार्यालयलाई अनुरोध गर्दा पनि अध्यक्ष प्रेम बहादुर कार्कीले वेवास्ता गरेको भन्दै मंगलबार कार्यालय नै घेराउ गरिएको हो ।
वडाध्यक्षले मनपरी गरेको र विद्युत सिफारिस नगरिदिएको कारण टोल बिकास समिती र सम्पुर्ण सुकुम्बासी घर परिबारहरुले वडा कार्यालय घेराउ गरेको टोल बिकास समितीका अध्यक्ष बिकास बिकले बताए ।
त्यस्तै नमुना टोल बिकास समितीका खानेपानी अध्यक्ष सन्तोष परियारले जनताले आफ्नो मौलिक अधिकारभित्र पर्ने स्वास्थ्य, सिक्षा, खानेपानी, बिजुलीजस्ता सुबिधाहरु पाउनुपर्ने भन्दै माग पूरा गर्न नसके तत्काल राजीनामा दिनुपर्ने बताए ।
२०० जना जनताको सहभागीता रहेकाे घेराउ कार्यक्रममा र नेकपाका जिल्ला सदस्य मिलन राई तथा जनपरिसद कास्कीका उप प्रमुख रामकाजी तमुकाे समेत उपस्थिति रहेको थियो । जनताको माग तत्काल पूरा नगरे नेकपाले समेत सशक्त आन्दोलनमा सहयोग र सहकार्य गर्ने राई र तमुको चेतावनी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी