Skip to content
LAXMI SUNRISE BANK

पोखरा फाइनान्सले सुरु गर्यो ‘मोवाइल बैंकिङ्ग सेवा’, यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो । यस सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन् । साथै सोही दिन संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बि.आई.एम. मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए । 
चुक्ता पृ्ंजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ पौष सम्ममा निक्षेप करिव रु. ३ अर्व ९४ करोड ७७ लाख एवं कर्जा रु.३ अर्व ७० करोड १७ लाख तथा सञ्चालन मुनाफा रु. ७.०२ करोड कायम गर्न सफल भएको छ भने चुक्ता पु“जी वृध्दिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK