
रौतहट – रौतहटमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भएकाे हाे ।
प्रहरी सिमेन्ट जफत गरेपछि स्थानीयहरु आक्रोशित भइ प्रहरीमाथि ढुंगामुढा बर्साउन थाले र त्यसपछि प्रहरीले गोली चलाएको थियो ।
तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासी केहि पछि हटेपनि प्रहरीमाथि ढुंगामुढा भने बर्साईरहे । उता प्रहरीले लाठी चार्ज मात्र गरेन तीन राउण्ड हवाई फायर पनि गरेपछि स्थानीयहरु तितर बितर भएका थिए ।
जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय, कोपवा, पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले जानकारी दिएका छन् ।
प्रहरीको लाठी चार्जबाट बौधिमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुसवाह गम्भीर घाइते भएका छन् । उनकाे नजिकै स्वास्थ्य चाैकीमा उपचार भइरहेको स्थनीयवासी प्रदीप यादवले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्