×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको ४०% हकप्रद भर्ने म्याद थप, अब फागुन २३ सम्म

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको ४०% हकप्रद भर्ने म्याद थप, अब फागुन २३ सम्म

१३ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु बैंकले ४०% हकप्रद सेयर भर्ने म्याद थप गरेको छ । अब बैंकको हकप्रदमा १० दिन थप गरेकोले फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले माघ ७ गतेदेखि आइतबार ( फागुन १३ गते) सम्मको म्याद तोकेर १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेको थियो ।  
बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंक ४०% हकप्रद सेयर निष्कासनमा जुटेको हो । हाल बैंकको चुक्ता पुँजी रुपैयाँ रहेको छ । ४०% हकप्रदपछि भने चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी