
काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक अाज बस्दैछ । राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बस्न लागेको बैठकमा चुनावको समिक्षा र पार्टी एकताबारे छलफल हुने बताइएको छ ।
पार्टी एकता ढिला भइरहेको भन्दै चाडो एकता गर्न दवाव बढिरहेको बेला निर्णयक बैठक बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीच भएको वार्ताले अाज संयोजन समितिको बैठक बस्ने सहमति भएको थियो ।
शुक्रबार बस्ने बैठक एकताबारे निर्णयक हुने नेताहरुले बताएका छन् ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताबारे ओलीसँग वार कि पार छलफल गर्नुपर्ने अवस्था अाएको बताएका छन् । ओली अध्यक्ष र प्रधानमन्त्री अाफै हुने भए एकता हुन नसक्ने समेत प्रचण्डले अाफू निकट नेताहरुसँग बताएका छन् ।
नेताहरुसँग पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रचण्डले अध्यक्ष दिएर तत्काल पार्टी एकता गर्न एमाले तयार नभए सरकारमा पनि नजाने बताएका थिए । ओलीलाई अध्यक्ष र जबजलाई मानेर एकतामा जान नसकिने माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्