Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफले दिने भयो १२.५% बोनस र कर तिर्न नगद लाभांश पनि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सले १२.५% बोनस सेयर दिने भएको छ । उक्त बोनस १६०% हकप्रद बिक्रीपछि कायम हुने चुक्ताबाट दिने भएको हो । कम्पनीले हाल कायम पुँजीको ३२.५% भए पनि प्रकृयामा रहेको १६०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा वास्तविक बोनस दर १२.५% हुने जनाएको छ । प्राइमले बोनस सेयरमा लाग्ने कर तिर्न आवश्यक नगद लाभांश पनि दिने जनाएको छ । 
हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ हुनेछ । कम्पनीले यही पुँजीको १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनसपछि भने चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ११ करोड ५१ लख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK