×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफको हकप्रद सुरक्षित गर्ने बुधबार अन्तिम म्याद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राइम लाइफको हकप्रद सुरक्षित गर्ने बुधबार अन्तिम म्याद

Artha Sarokar

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्राइम लाइफ इन्सुरेन्सको १६०% हकप्रद सेयर सुरक्षित  गर्ने आज अन्तिम दिन हो । कम्पनीले हकप्रद निष्कासनका लागि बिहीबार (फागुन १६ गते) बाट बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा बुधबार भित्रनै सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वत: हकप्रद भर्न पाउनेछन् । 
प्राइमले फागुन २७ गतेदेखि १६०% हकप्रद सेयर बिक्री खुला गर्दैछ । कम्पनीले १ः१.६ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । यो हकप्रद वैशाख २ गतेसम्म भर्न पाइनेछ । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड ,नारायणचौर नक्साल काठमाडौं तथा प्राइम लाइफ इन्सुरेन्सको मुख्य कार्यालय हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी