×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफको १६०% हकप्रद सेयर खुल्दै, सेयर भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्राइम लाइफको १६०% हकप्रद सेयर खुल्दै, सेयर भर्न कहाँ जाने ?

Artha Sarokar

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सको फागुन २७ गतेदेखि १६०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १ः१.६ अनुपातमा ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद वैशाख २ गतेसम्म भर्न पाइनेछ । हाल प्राइमको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ हुनेछ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड ,नारायणचौर नक्साल काठमाडौं तथा प्राइम लाइफ इन्सुरेन्सको मुख्य कार्यालय हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी