
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले अबको नेपाल सम्वृद्धि र सुसाशनको हुने बताए । उनले एमाले–माओवादी पार्टी एकतालाई भाँड्न विभिन्न प्रयास भइरहेको बताए ।
‘एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन्,’ प्रचण्डले भने, ‘त्यस्ता कुनै पनि प्रयत्नलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौँ ।’ उनले पार्टी एकता सकरात्मक दिशातर्फ अघि बढिरहेकोले जसरी पनि एकता हुने बताएका छन् । त्यस्तै उनले दुवै पार्टीको एकता सम्मान जनक पनि हुने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्