
काठमाडौं – काठमाडाैंका प्रहरी प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । प्राप्त भएको जानकारी अनुसार प्रहरी हेडक्वार्टर र सरकारले सर्वाधिक खाेज्न लगाइएका सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै धानुकको सरुवा गरिएको छ । धानुकलाई संघीय इकाइ प्रहरी कार्यालय बागलुङमा सरुवा गरिएको छ ।
अहिले उनका ठाउँमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा रहेका एसएसपी विश्वराज पाेखरेललार्इ ल्याइएकाे छ ।
सरकारले नवराज सिलवाललाई कीर्ते काण्डमा पक्राउ गर्न इन्टरपाेलमा समेत रेडकर्नर नाेटिस जारी गराएकाे छ । सिलवाल नेकपा एमालेबाट ललितपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । तिनै सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै एसएसपी धानुककाे अालाेचना भएकाे थियाे ।
प्रहरी प्रधान कार्यालयले धानुककाे कार्यसम्पादन कमजोर भएको, उनकाे पालामा आपराधिक घटनामा बृद्धि भएको लगायतका कारण देखाउँदै उनलाई काठमाडौं प्रहरीको जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्