×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वराजले किन बोलाए राजपा नेताहरुलाई सोल्टीमा, यस्तो छ कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वराजले किन बोलाए राजपा नेताहरुलाई सोल्टीमा, यस्तो छ कारण

१९ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वान टु वान बार्ता गरेका छन् । अहिले उनले बार्ताको लागि राजपा नेताहरुलाई होटेल सोल्टीमा आमन्त्रण गरेकि छिन् । 
२ दिने नेपाल भ्रमणमा रहेकी स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुलाई प्रदेश २ मा सरकार बनाउन आग्रह गरेकी छिन् । शुक्रबार सोल्टी होटलमा भएको सामूहिक भेटबार्ताका क्रममा स्वराजले राजनीतिका बारेमा भन्दा पनि मधेसको विकासका एजेण्डाहरुमा छलफल गर्न खोजेकी थिइन् । 
नेपालको मधेसमा गरिबी र अस्थिरता रह्यो भने त्यसको असर बिहारलगायत भारतीय राज्यमा समेत पर्ने भन्दै उनले मधेसी नेताहरुलाई आर्थिक समृद्धि र विकासमा लाग्न सुझाव दिइन् । उनले अब बन्ने प्रदेश सरकारले मधेसको गरीबी हटाउनुपर्ने बताइन् ।
तर, मधेसमा जारी रहेका भारतीय प्रजेक्टहरु समयमा पूरा नभएको गुनासो मधेसी नेताहरुले भारतीय विदेशमन्त्रीसँग गरे । हुलाकी राजमार्ग लगायतका कुनै पनि प्रजेक्टहरु समयमा पूरा नभएको उनीहरुले गुनासो सुनाए ।
जवाफमा सुष्माले चुनावी जितलाई क्यास गर्दै पहिले प्रदेश २ मा सरकार बनाउन र ती आयोजनाहरु कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गरिन् । उनले मधेसी राजपा नेताहरु भारतले त्यहाँको विकासमा सहयोग गर्ने वचन दिँदै भनिन्– सरकार बनाओ, चिंता मत कीजिए !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको विकासमा जोड दिएको र छिमेकी देशको विकाससँगै जोडेर भारतको विकास गर्न चाहेकाले भारतको यो नीतिबाट फाइदा उठाउन सुष्माले राजपा नेताहरुलाई सुझाव दिइन् ।
आगामी बन्ने प्रदेश सरकारले बाढी नियन्त्रण लगायतका कोशी, गण्डक आदि प्रोजेक्टहरुमा भारतीय सहयोग प्राप्त गर्न सक्ने सुष्माले आश्वासन दिएको भेटमा सहभागी एक नेताले बताए ।
उनले प्रदेश नम्बर २ मा राजपा र फोरमले राम्रो चुनावी परिणाम ल्याएको भन्दै बधाइ समेत दिइन् । अब फोरमसँग मिलेर अघि बढ्न र प्रदेश दुईमा आफ्नो नेतृत्वमा सरकार बनाउन उनले शुभकामना दिइन् । सरकारमा गएर आफ्नो जिम्मेवारी प्रमाणित गरेर देखाउन सुष्माले राजपा नेताहरुलाई आग्रह गएकी छिन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी