×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिटिल एन्जल्सदेखि रातो बंगलासम्म… यी हुन् कर नतिर्ने ‘राजश्वमारा’ कलेजहरु (सूचीसहित)

PRIME CA

लिटिल एन्जल्सदेखि रातो बंगलासम्म… यी हुन् कर नतिर्ने ‘राजश्वमारा’ कलेजहरु (सूचीसहित)

२० माघ २०७४, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर – ललितपुरमा नाम चलेका स्कुल तथा कलेजहरुले राज्यलाई कर नतिरेको खुलासा भएको छ । लामो समयसम्म पनि कर तिर्न बाँकी रहेपनि कर नतिरेर ललितपुरका विभिन्न स्कुलहरुले राज्यको नियमको धज्जी उडाएको पाइएको हो । ललितपुर महानगरको रेकर्डमा नेपालमै बढी चलेका मध्येका कलेज तथा स्कुलले पनि राज्यलाई कर नतिरेको पाइएको हो । ललितपुर महानगरका राजस्व प्रशासन महाशाखा प्रमुख डिल्लीराम शाक्यका अनुसार करको दायरामा ल्याउन धेरै प्रयास भएपनि धेरै संस्थाहरुले अझै पनि कर तिरेका छैनन् । 
कुन-कुन स्कुलले तिरेका छैनन् कर ?
महानगरको रेकर्डअनुसार हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच करोड रुपैयाँ राजस्व तिर्न बाँकी छ । डीएभी स्कुलले दुई करोड, धापाखेलस्थित जेम्स स्कुलले एक करोड ५० लाख, रातो बंगला स्कुलले ५० लाख, आदर्श विद्या मन्दिरले एक करोड, ब्रिटिस स्कुलले ५० लाख, युनाइटेड एकेडेमीले १० लाख र प्रसादी एकेडेमीले १० लाख रुपैयाँ घर जग्गाबापतको कर तिर्न बाँकी छ । 
यता अधिकांस विद्यालयले घर बहाल कर समेत नतिर्ने गरेको पाइएको छ । नियम अनुसार १०% घर बहाल कर राज्यलाई तिर्नुपर्छ । ‘हुन त घर बहाल कर घरभेटीबाट आउनुपर्ने हो । कतिपय स्कुलका संचालकका आफ्नै भवन पनि छन् । ती पनि घरबहाल करको दायरामा आउँछन् । तर अधिकांसले घरबहाल कर तिरेका छैनन् ।’ ललितपुर महानगरका राजस्व प्रशासन महाशाखा प्रमुख डिल्लीराम शाक्यले भने ।
राजनीतिक आडमा मनपरी, भारतीय लगानीको कलेजको यस्तो दादागिरी 
यसो त यी कलेजहरु ठुलै राजनीतिक संरक्षणमा समेत छन् । कसैले पनि छुन सक्दैन भन्ने शैलीमा यी कलेज तथा स्कुलहरुले मनपरी गरिरहेका छन् । कर नतिर्नेहरुमध्ये लिटिल एन्जल्स स्कुलका मालिक ठुलो अहोदाका व्यक्ति हुन् । यस्तै डीएभी सिधै भारतीय दुतावासको संरक्षणमा छ । यस्तै रातो बंगला। आदर्श विद्या मन्दिर, ब्रिटिस स्कुल, युनाइटेड एकेडेमी र प्रसादी एकेडेमी पनि ठुलै राजनीतिक संरक्षणमा भएका कारणले यी कलेजहरुले जस्तो मनपरी गर्दा पनि उनीहरुलाई कारवाही हुन सकेको छैन ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: