×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ का मुख्यमन्त्री राई र स्विटजरल्याण्डका राजदूतबीच भेट, के भयो कुरा ?

PRIME CA
GLOBAL IME BANK

प्रदेश १ का मुख्यमन्त्री राई र स्विटजरल्याण्डका राजदूतबीच भेट, के भयो कुरा ?

११ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजा वेत भ्यानग्यातलरबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा स्विस परियोजनामार्फत प्रदेश १ मा पूर्वाधार विकासमा सहयोग गर्ने विषयमा छलफल भएको हो ।
भेटका क्रममा मुख्यमन्त्री राईले प्रदेश १ भित्र पूर्वाधार विकासमा सहयोग गर्न राजदूत भ्यानग्यातलरलाई आग्रह गरेका थिए । राजदूत भ्यानग्यातलरले स्विस विकास परियोजना अन्तर्गत आफूहरुले प्रदेश १ भित्र झोलुङ्गे पुल र सडक पुल निर्माणलाई प्राथमिकता दिएको बताइन् ।
भेटवार्तामा स्थानीय सरकारलाई कसरी सहयोग गर्ने र ग्रामीण क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्ने विषयमा छलफल भएको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री राईले आफूले कार्यभार सम्हालेपछि दातृ राष्ट्रका प्रतिनिधिसंग पहिलो पटक भेट गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार उनीहरुबीच करिब एक घण्टा भेटवार्ता चलेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: