
काठमाडौं – गत बिहीबार राति दरबारमार्गमा भएको युवतीको सामूहिक बलात्कारमा पीडित भनिएकी युवतीको प्रहरी बयान लिन सुरु गरेको छ ।
बुधबार साँझ पीडित युवती काठमाडौं प्रहरी परिसरको सम्पर्कमा आएपछि बयान लिन थालिएको हो । घटनाको छानबिन गर्न काठमाडौं प्रहरी परिसरले गठन गरेको समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले बुधबार साँझ युवती सम्पर्क आएपछि बयान लिइएको उनले बताए ।
परिसर स्रोतका अनुसार पीडित युवतीले उनको प्रेमी भनिएका शैलेश कार्कीसँग सहमतिमै ‘शारीरिक सम्पर्क’ भएको बयान दिएकी छिन् ।घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय र काठमाडाैं प्रहरी परिसरले छुट्टाछुट्टै समिति गठन गरेकाे थियाे ।
घटनाकाे भाेलिपल्ट शुक्रबार पीडित युवतीले महानगरीय प्रहरी वृत, दरबारमार्गमा माैखिक उजुरी दिएकी थिइन् । तर, प्रहरीकाे मिलेमताेमा घटनालार्इ लुकाइएकाे अाराेप लागेकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्