
काठमाडौं – अब आउने फागुन २९ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले विहीबार राष्ट्रपतिको निर्वाचन गर्ने तय गरेको हो ।
त्यसको लागि फागुन २१ गते मतदाता नामावली, २३ गते उम्मेदवारी दर्ता गर्ने अायोगले तोकेको छ भने २४ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने कार्यतालिक अायोगले सार्वजनिक गरेको छ ।
नयाँ राष्ट्रपतिको लागि फागुन २९ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने अायोगले कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका सार्वजनिक भएसँगै नयाँ राष्ट्रपतिबारे चर्चा सुरु भएको छ । राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै पुनः दोहोरिन सक्ने चर्चा पनि सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि भण्डारीलाई पुनः राष्ट्रपति बनाउन चाहेको बताइन्छ ।
यसअघि भण्डारीले माके अध्यक्ष प्रचण्डलाई पनि भोज नै दिएर अाफूलाई सहयोग गर्न भनिसकेकी छन् । भण्डारीले नै पार्टी एकता र प्रचण्डलाई अध्यक्ष दिन ओलीलाई तयार गराएको बताइन्छ । प्रचण्डले ओलीलाई साथ दिएमा भण्डारी पुनः राष्ट्रपति हुने सक्ने सम्भावना बढी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्