×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकमा ‘किर्ते काण्ड’ : माओवादी सांसदले अर्कैको बैंक खाताबाट ७२ हजार झिकेर खाएपछि बबाल !

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकमा ‘किर्ते काण्ड’ : माओवादी सांसदले अर्कैको बैंक खाताबाट ७२ हजार झिकेर खाएपछि बबाल !

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय नक्कली सहि गरेर पैसा निकाल्ने क्रम बढीरहेका बेला राष्ट्रिय वाणिज्य बैंकमा किर्ते काण्ड मच्चिएको छ । अझ अचम्मको कुरा त के छ भने यो बैंकबाट प्रदेश ५ की सांसद सुष्मा यादवले किर्ते गरी पैसा निकालेकी हुन् । यादव माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सांसद हुन् । वाणिज्य बैंकका कर्मचारीले किर्ते हस्ताक्षर नचिन्दा वाणिज्य बैंकको कमजोरी त छताछुल्ल भएको छ नै यादवविरुद्ध किर्ते हस्ताक्षरमा संलग्न रहेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर समेत गरिएको छ । ०७४ असार २१ गते राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाबाट अध्यक्ष कलवारको नाममा ७२ हजार झिकेको देखिएको छ । 
भएको यस्तो हो :
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार मायादेवी गाउँपालिका १ सेमराका सञ्जय तिवारीले सांसद यादव र स्थानीय राजेश कलवारविरुद्ध चेकमा किर्ते हस्ताक्षर गरेको आरोपमा गत पुस १२ मा मुद्दा दर्ता गरेका थिए ।  आर्थिक वर्ष ०७३÷०७४ मा सडक स्तरोन्नति गर्न जिविसबाट ६ लाख उपभोक्ता समितिको खातामा भुक्तानी भएको थियो । दुवैजना मिलेर आफ्नो किर्ते दस्तखत गरी अन्तिम किस्ताबापतको ७२ हजार रुपैयाँ झिकेको तिवारीको आरोप छ । 
मायादेवी गाउँपालिका १ बर्रोहिया–पचेहरा सडक ग्राभेल गर्न गठित उपभोक्ता समितिको आफू कोषाध्यक्ष हुँदा कुनै जानकारी नदिई अध्यक्ष रहेका कलवार र सचिव यादवको मिलेमतोमा रकम हिनामिना गरेको तिवारीको आरोप छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: