Skip to content
LAXMI SUNRISE BANK

‘गैरकानुनी’ वित्तीय कारोबार गर्ने कम्पनीमा सीआइबीको ‘रेड हमला’, ८ जना सञ्चालक पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  कानून विपरित वित्तीय कारोबार गर्ने इन्भेस्टमेन्ट प्रालिमाथि सीआइबीले रेड हमला गरेको छ । सोहि छापाका क्रममा प्रहरीले गैरकानुनी रुपमा काम गर्ने विभिन्न इन्भेष्टमेन्ट कम्पनीका ८ संचालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोबार गर्ने अनुमति नलिई गैर कानूनी तवरले आफूलाई प्राप्त कानूनी दायरा विपरित स्थानीय जनताहरुसंग बचत संकलन तथा ऋण प्रवाह गर्ने लगायतको वित्तीय कारोवार गरिएको देखिएको उजुरीका आधारमा उनीहरुलाई कारवाही गरिएको हो । 
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा आपन इन्भेष्टमेन्ट प्रालिका संचालक श्याम पेशकार थारु र भिमप्रसाद चौधरी, हलेसी इन्भेष्टमेन्ट प्रा.लि. धरानका संचालक चन्द्र विक र अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि. विराटनगरका संचालक राजु शाह, इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, इटहरीका सुनिल गुरागाई र इन्भेष्टमेन्ट प्रालि इटहरी डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्य रहेका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK