Skip to content
LAXMI SUNRISE BANK

पुनको इन्काउन्टरपछि मोष्ट वान्टेड चौधरीले गरे आत्मसमर्पण

अर्थ सरोकार

कैलाली – कैलाली जिल्ला अदालतमा मोष्ट वान्टेड रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । निर्माण व्यवसायी महासंघकाअध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न गुण्डा नाइके मनोज पुनको पुलिस इन्काउन्टरमा हत्या गरिएको केही दिन नबित्दै सोमबार चौधरीले अदालतमा आत्मसमर्पण गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा राजपाका तर्फबाट कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसदसमेत रहेका चौधरीले गत २०७२ भदौमा कैलालीको टीकापूरमा सात सुरक्षाकर्मी र १ बालकको ज्यान जाने गरी भएको हत्याकाण्डको मुख्य योजनाकार रहेको भन्दै त्यही बेलादेखि प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका थिए। त्यसपछि फरार रहँदै आएका चौधरीले प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनता पार्टीबाट वारेसनामामार्फत उम्मेदवारी दिएका थिए। वारेसमार्फत नै विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश हुन सकेन ।
चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको थियो। ‘फरार’ चौधरीले सपथको दिन नजिकिदै गर्दा एकाएक अदालतमा आत्मसर्मपण गरेका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK