×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी सेटिङमै चौधरीको आत्मसमर्पण, यस्तो छ भित्री कुरा

PRIME CA
GLOBAL IME BANK

सरकारी सेटिङमै चौधरीको आत्मसमर्पण, यस्तो छ भित्री कुरा

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – विभत्सपूर्ण टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त ठानिएका सांसद रेशम चौधरीले सरकारी सल्लाहमा आत्मसमर्पन गरेको तथ्य खुलेको छ । नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डमा उनी मुख्य दोषि भएको ठहर गर्दै कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । घटना भएदेखि फरार रहदै आएका चौधरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नेपाली सेनाका पूर्वसेनापति रुक्माडगत कटुवालको सम्पर्कमै थिए । बाम गठबन्धनको सरकार बनेपछि दाहालले आत्मसमर्पण गर्न उनीलाई सुझाएको स्रोतले बताएको छ ।
दाहाल प्रधानमन्त्री हुँदा फरार अभियुक्त रहेका चौधरीसँग भारतमा भेट भएको थियो । भारतमा उनले आफुमाथी लागेको ज्यान मुद्दा फिर्ता लिन आग्रह गरेका थिए । दाहालले पनि मुद्दा फिर्ता लिने आश्वासन दिएका थिए । तर प्रचलित कानुन अनुसार फरार अभियुक्तको मुद्दा फिर्ता लिन नमिल्ने भएपछि दाहाल पछि हटेका थिए । कानुनको पालना गर्दै अदालतको आदेश मानेपछि उनीबिरुद्ध लागेको मुद्दा फिर्ता लिन सकिने प्रावधान छ ।
दाहाल निकट स्रोतका अनुसार चौधरीलाई आत्मसमर्पण गराउनुभन्दा पहिले प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो । दाहालले नै चौधरीलाई आत्मसमर्पण गर्न लगाउने र त्यसपछि मुद्दा फिर्ता गरी सांसद बनाउन ओलीलाई आग्रह गरेका थिए । ओलीले आत्मसमपर्ण गरेपछि कानुनी दायरामा आउने र त्यसपछि अदालतको आदेश हेरेर पछि निर्णय लिने बताएका थिए ।
ओलीसँग सल्लाह गरेपछि दाहालले चौधरीलाई आत्मसमपर्ण गर्न लगाएको दाहाल निकट स्रोतले बताएको छ । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल गृहमन्त्री बन्ने पक्का भएपछि उनले सपथकै दिन आत्मसमर्पण गरेका हुन् । तर प्रधानमन्त्री ओली भने टिकापुर हत्याकाण्डको निकै कडा आलोचना गर्दै आएका छन् । दोषिलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नसकिने उद्घोष घटना भएदेखि गर्दै आएका छन् ।
सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: