×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तथ्यांक आफैं बोल्छन्, देश लुट्ने यी माफियाका सेल्टर ‘कलेज’हरुलाई तुरुन्त बन्द गरियोस् सरकार !

PRIME CA

तथ्यांक आफैं बोल्छन्, देश लुट्ने यी माफियाका सेल्टर ‘कलेज’हरुलाई तुरुन्त बन्द गरियोस् सरकार !

२० माघ २०७४, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सावित्री सुवेदी 
निजी विद्यालय अप्रत्यक्ष रुपमा माफियाहरुको लगानीको केन्द्र हो । देशका राजनीतिज्ञहरुको कालो धन सेतो बनाउनका निम्ति निजी विद्यालयमा लगानी भएको छ जसको अनुसन्धान हुनै सक्दैन किनकी माफिया र राजनीतिज्ञको भित्री अन्तरसम्बन्ध कहिले पनि बाहिर आउन सक्दैन ।
आज बिहान अर्थ सरोकार डटकममा ‘लिटिल एन्जल्सदेखि रातो बंगलासम्म… यी हुन् कर नतिर्ने ‘राजश्वमारा’ कलेजहरु (सूचीसहित)’ शीर्षकको समाचार पढेपछि त झन् नेपाली शिक्षा क्षेत्र कुनहदसम्मका माफियातन्त्रमा रहेछ भन्ने स्पष्ट भएको छ । ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेको खबरले एकातर्फ राज्यलाइ गिज्याईरहेको छ भने अर्कोतर्फ राज्य कतिसम्म यस्ता संवेदनशील विषयमा चुकीरहेको छ भन्ने तथ्य स्पष्ट हुन्छ । अव राज्यमाराहरुको तथ्यांक बाहिर आइसकेकोछ । 
लिटिल एन्जल्सले दुई करोड, धापाखेलस्थित जेम्स स्कुलले एक करोड ५० लाख, रातो बंगला स्कुलले ५० लाख, आदर्श विद्या मन्दिरले एक करोड, ब्रिटिस स्कुलले ५० लाख, युनाइटेड एकेडेमीले १० लाख र प्रसादी एकेडेमीले १० लाख रुपैयाँ घर जग्गाबापतको कर तिर्न बाँकी रहेको खबर बाहिर आइसकेको छ । यति हुँदा पनि कसैले यी कलेजहरुलाई केहि पनि गर्न सकेको छैन । सकोस् पनि कसरी, सबै माफियाको जालोभित्र छन् ।
माफियाले अभिभावकलाई त लुटेकै थिए अब राज्यलाई पनि खुलमखुल्ला लुट्दैछन्  । अव खबरदारी अावश्यक छ र खबरदारी गर्नुपनि पर्छ । राज्यलाई कर छल्ने र कर नतिर्ने शैक्षिक माफियाको अब भन्डाफोर  गर्नुपर्छ । आज नेपालमा हामी यही सत्य देखिरहेका छौ । जहाँ धनाड्य माफियालाई न कानुनले बाध्छ ,न सरकारले नै तह लगाउन सक्छ । मै हुँ भन्ने नेताहरु पनि शैक्षिक माफियाको दानापानीमा हुर्किदै छन र कतीरि नेताहरु माफियाकै अाशिर्वादमै अझै केही समय राजनीतिमा मियो बसाल्न खोज्दैछन् । माफियाको सम्बन्ध यति बलियो छ कि यसरी समाचार आइरहदा पनि उनीहरुलाई कुनै डर र दबाब परेन । खुलमखुल्ला लुट्नेहरुलाई आखिर फरक नै के पर्छ र ?
अभिभावक र सरकार दुबै लुट्न हामीले दिनु हुँदैन । यी लुट धन्दाहरु माथि अंकुश लगाइयोस् सरकार । राज्यको कर माथिको दोहन स्विकार्य छैन । जनता लुट्दा लुट्दै राज्य माथि नै धाबा बोल्ने यी लुटेरा विद्यालय तत्काल बन्द गरियोस् । #जयनारी
(लेखिका सामाजिक अभियानता हुन्। )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: