×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव नेतृत्वको पार्टीको नाम हडप्ने माओवादी-एमालेको सहमति, राजनीतिक द्वन्दको खतरा झन् बढ्यो !

PRIME CA

विप्लव नेतृत्वको पार्टीको नाम हडप्ने माओवादी-एमालेको सहमति, राजनीतिक द्वन्दको खतरा झन् बढ्यो !

अर्थ सरोकार

७ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहितका ७ बुंदे सहमति तयार भएको हो । स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ ।
तर ओली- प्रचण्डको सहमतिले देशमा राजनीतिक द्वन्द झन् बढाउनेपो होकी भन्ने शंका उत्पन्न भएको छ । किनकि सहमतिमा विप्लव नेतृत्वको अस्तित्वमा आएर पनि डेढ लाख बढी कार्यकर्ता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टीको नाम हडपेर आफ्नो बनाउने गरी सहमति भएको छ । यस अघि नै विप्लवको नेतृत्वमा २०७३ फागुनमा रोल्पाको थवाङमा भएको ८ औँ महाधिवेशनले आफ्नो पार्टीको नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राखेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: