
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एकताका लागि सहमति भएको २४ घण्टा नबित्दै सहमतिको पहिलो बुंदाले फेल खाएको छ । एमाले–माओवादीले सहमतिको पहिलो बुंदामा उल्लेख गरेको पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै अर्कैको नाममा निर्वाचन आयोगमा दर्ता भएको खुलेपछी सहमतिको पहिलो नम्बरको औचित्यता सकिएको हो ।
निर्वाचन आयोगको तथ्यांक हेर्ने हो भने ऋषिराम कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो । आयोगका कानुन शाखाका अधिकृत घमचन्द्र तिम्सिनाका अनुसार नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघि देखि नै निर्वाचन आयोगमा दर्ता भएको छ । विप्लवको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी भएपनि उक्त पार्टी दर्ता नभएको भन्दै उक्त नाम राख्ने सहमति भएको थियो । तर प्रचण्ड र ओलीलाई पहिलो गाँसमै ढुंगा भएको छ ।
अझ खास कुरा त के छ भने २०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आव्हान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो । त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १(ङ)मा दलको नाम वा चिन्ह आयोगमा दर्ता भईसकेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्